Herda Herdai logo २९ असोज २०८३, बिहिवार

भर्खरै

स्थानीय समाचार / कृषि तथा खेल

दोलखामा रैथाने कृषि तथा खेल मेला सम्पन्न, वडा ६ उत्कृष्ट

रैथाने बाली संरक्षण र खेल प्रतिभा पहिचानमा केन्द्रित मेला सम्पन्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ४ वैशाख २०८३, शुक्रवार
दोलखामा रैथाने कृषि तथा खेल मेला सम्पन्न, वडा ६ उत्कृष्ट

News Summary


  • दोलखाको गौरीशङ्कर गाउँपालिकामा नयाँ वर्षको अवसरमा रैथाने कृषि उपज प्रवर्द्धन र परम्परागत बाली संरक्षणका लागि तीनदिने कृषि तथा खेल मेला सम्पन्न भयो।
  • कृषि प्रदर्शनीमा वडा नम्बर ६ प्रथम, वडा नम्बर ४ दोस्रो र वडा नम्बर ५ तेस्रो भए।
  • खेलतर्फ, फुटबलमा वडा नम्बर ६ र भलिबलमा वडा नम्बर ५ ले उपाधि जिते।

दोलखा। गौरीशङ्कर गाउँपालिकामा नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको रैथाने कृषि तथा खेल मेला सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उक्त मेलाले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको प्रवर्द्धनसँगै परम्परागत बाली संरक्षणमा टेवा पुर्‍याएको छ।

गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरेको कृषि प्रदर्शनीमा वडा नम्बर ६ उत्कृष्ट घोषित भएको छ। त्यसैगरी वडा नम्बर ४ दोस्रो र वडा नम्बर ५ तेस्रो स्थानमा रहन सफल भए। उत्कृष्ट हुने वडाहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

मेलाको अवसरमा आयोजना गरिएको वडा स्तरीय फुटबल प्रतियोगितामा पनि वडा नम्बर ६ ले उपाधि हात पारेको छ। निर्णायक खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ माथि १–० को जित निकाल्दै उपाधि उचालेको हो। त्यसैगरी, वडा नम्बर ७ ले वडा नम्बर ३ लाई २–१ ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।

भलिबलतर्फ भने वडा नम्बर ५ ले उपाधि जितेको छ। प्रतियोगितामा वडा नम्बर ६ दोस्रो र वडा नम्बर २ तेस्रो स्थानमा रहे।

543 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट