दोलखाको शैलुङमा आठौँ राष्ट्रपति रनिङ शिल्ड हुँदै
मङ्सिर ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० विद्यालय सहभागी हुने
175
SharesNews Summary
दोलखाको शैलुङ गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदैछ।
प्रतियोगिता मङ्सिर ९ गतेदेखि १२ गतेसम्म शैलुङ रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी सहभागी हुनेछन्।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसीले गर्ने कार्यक्रम रहेको छ।
दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। गाउँपालिकाको शैलुङ रंगशालामा मङ्सिर १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी सहभागी हुनेछन्।
गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा विभिन्न खेल विधामा विद्यार्थी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
175 Shares