Herda Herdai logo २६ कार्तिक २०८३, बिहिवार

भर्खरै

देउसी–भैलोबाट कालिनाग माविले जुटायो ४ लाख ७३ हजार

देउसी–भैलोबाट कालिनाग माविले जुटायो ४ लाख ७३ हजार, सांस्कृतिक प्रयोगशाला बनाइने

सङ्कलित रकमबाट कल्चरल ल्याब स्थापना र विद्यार्थीबीच बौद्धिक प्रतिस्पर्धा गराइने।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २६ कार्तिक २०८३, बिहिवार
देउसी–भैलोबाट कालिनाग माविले जुटायो ४ लाख ७३ हजार, सांस्कृतिक प्रयोगशाला बनाइने

News Summary


कालिनाग माध्यमिक विद्यालयले देउसी-भैलो कार्यक्रमबाट ४ लाख ७३ हजार ५१५ रुपैयाँ सङ्कलन गरेको छ।

सङ्कलित रकमबाट विद्यालयमा सांस्कृतिक प्रयोगशाला स्थापना गरिने भएको छ।

कालिन्चोक, बिगु र गौरीशङ्करका विद्यार्थीबीच बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ।

दोलखा । दोलखाको सिङ्गटीस्थित कालिनाग माध्यमिक विद्यालयले देउसी-भैलो कार्यक्रमबाट ४ लाख ७३ हजार ५१५ रुपैयाँ सङ्कलन गरेको छ। विद्यालयले उक्त रकमबाट सांस्कृतिक प्रयोगशाला स्थापना गर्नुका साथै तीन गाउँपालिकाका विद्यार्थीबीच बौद्धिक प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ।

विद्यालयको शैक्षिक तथा सांस्कृतिक विकास र विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको थियो।

विद्यालयका अनुसार सङ्कलित रकमबाट विद्यालयमा सांस्कृतिक प्रयोगशाला (कल्चरल ल्याब) स्थापना गरिनेछ। यसले विद्यार्थीको सांस्कृतिक प्रतिभा, सिर्जनशीलता र प्रस्तुति क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, कालिन्चोक, बिगु र गौरीशङ्कर गाउँपालिकाका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीबीच बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ। यसबाट विद्यार्थीको ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, विद्यार्थी, शुभचिन्तक तथा सिङ्गटी बजारवासीप्रति विद्यालयले आभार व्यक्त गरेको छ। साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्वविद्यार्थी समाज र कार्यक्रममा प्रस्तुति दिने लोककलाकार कृष्ण बाँनिया, सुवर्ण कार्की र सुमन पाठकलगायतलाई पनि धन्यवाद दिएको छ।

विद्यालयले शैक्षिक तथा सांस्कृतिक गतिविधिमा समुदायको सहभागिता र सहयोग महत्त्वपूर्ण हुने जनाएको छ।

 

365 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट