११ माघ २०८२, आइतवार

भर्खरै

जिरी नगरपालिकाद्वारा जिल्ला प्रथम सहिद स्मृति माविलाई १७ औँ नगरसभामा विशेष सम्मान

एसईई २०८१ मा दोलखा प्रथम सहिद स्मृति आवासीय मावि नगरसभामा सम्मानित

सफलताको श्रेय विद्यार्थी र शिक्षकलाई: नगर प्रमुखद्वारा सहिद स्मृति आवासीय माविको प्रशंसा

हेर्दाहेर्दै डेस्क २८ पुष २०८२, सोमवार
एसईई २०८१ मा दोलखा प्रथम सहिद स्मृति आवासीय मावि नगरसभामा सम्मानित

News Summary


  • शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.९५ GPA सहित दोलखा जिल्ला प्रथम हुन सफल शहीद स्मृति आवासीय माध्यमिक विद्यालयलाई जिरी नगरपालिकाले सम्मान गर्यो।
  • विद्यालयले यो ऐतिहासिक सफलता विद्यार्थीको परिश्रम, अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र व्यवस्थापन समितिको कुशल नेतृत्वलाई श्रेय दिएको छ।

दोलखा । ​शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजासहित दोलखा जिल्ला प्रथम हुन सफल सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सम्मानित भएको छ । जिरी नगरपालिकाको १७ औँ नगरसभाको विशेष समारोहका बीच विद्यालयलाई सम्मान गरिएको हो । ​

उक्त परीक्षामा सहिद स्मृतिले ३.९५ GPA हासिल गर्दै जिल्लाभरिकै विद्यालयहरूमध्ये अग्रणी स्थान सुरक्षित गरेको थियो । ​ ​

नगरसभामा विद्यालयका तर्फबाट सम्मान ग्रहण गर्दै विद्यालय प्रशासनले यस ऐतिहासिक सफलताको श्रेय विद्यार्थीको कडा परिश्रम, अभिभावकको निरन्तर सहयोग र शिक्षकहरूको अहोरात्र खट्न सक्ने कार्यशैलीलाई दिएको छ । विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्वले पनि यस नतिजामा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । ​

​सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्काले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण नगरपालिका टिमलाई धन्यवाद दिँदै यो सम्मानले विद्यालय परिवारलाई अझ जिम्मेवार बनाएको बताए ।

सोही अवसरमा नगरपालिकाले शैक्षिक क्षेत्रमा योगदान पुर्याउने अन्य विद्यालयहरूलाई पनि सम्मान तथा बधाई दिएको थियो ।

जिरी नगरपालिकाले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

386 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट