२१ माघ २०८२, बुधवार

भर्खरै

डबल काजी श्रेष्ठको नेतृत्वमा कांग्रेसका नेता र युवाहरू नेकपामा

शैलुङमा कांग्रेसलाई ठूलो धक्का, ५० भन्दा बढी युवासहित डबल काजी श्रेष्ठ नेकपामा प्रवेश

शैलुङमा राजनीतिक मोड, पार्टी प्रवेशले चुनावी अभियान थप सशक्त हुने अनुमान

हेर्दाहेर्दै डेस्क १५ माघ २०८२, बिहिवार
शैलुङमा कांग्रेसलाई ठूलो धक्का, ५० भन्दा बढी युवासहित डबल काजी श्रेष्ठ नेकपामा प्रवेश

News Summary


  • दोलखाको शैलुङ गाउँपालिकामा कांग्रेसका प्रभावशाली नेता डबल काजी श्रेष्ठको नेतृत्वमा ५० भन्दा बढी युवा कम्युनिस्ट पार्टीमा प्रवेश गरे।
  • यसले कांग्रेसलाई ठूलो सांगठनिक झट्का पुर्‍याएको छ भने नेपाली कम्युनिस्ट पार्टीको चुनावी अभियान थप ऊर्जावान् बनेको छ।

काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा दोलखाको शैलुङ गाउँपालिकामा नेपाली कांग्रेसलाई ठूलो सांगठनिक झट्का लागेको छ। कांग्रेसका स्थानीय प्रभावशाली नेता डबल काजी श्रेष्ठको नेतृत्वमा ५० भन्दा बढी युवाहरूले पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

नेपाली कम्युनिस्ट पार्टी शैलुङ–२ ले आयोजना गरेको दोलखाको प्रतिनिधि सभा उम्मेदवारलाई स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई प्रतिनिधि सभाका उम्मेदवार विशाल खड्काले स्वागत गर्नुभयो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भरत दुलाल र नेता निला कुमार श्रेष्ठ लगायतले नवप्रवेशीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

उम्मेदवार विशाल खड्काले नवप्रवेशी युवाहरूको उपस्थितिले शैलुङमा प्रगतिशील राजनीति अझ सशक्त बन्ने विश्वास व्यक्त गर्दै, यस एकताले विकास र समृद्धिको एजेन्डालाई थप उचाइमा पुर्‍याउने दाबी गरे।

पार्टी स्रोतका अनुसार, ठूलो संख्यामा युवाहरू कांग्रेस छोडेर आएपछि शैलुङमा कम्युनिस्ट पार्टीको चुनावी अभियान थप ऊर्जावान् बनेको छ। नेता डबल काजी श्रेष्ठको नेतृत्वमा भएको यो सामूहिक प्रवेशले आगामी निर्वाचनको अंकगणितमा पनि फेरबदल ल्याउने संकेत दिएको छ।

शैलुङ, दोलखाका ख्यातिप्राप्त यातायात व्यवसायी, राजनीतिज्ञ तथा समाजसेवीसमेत रहेका कांग्रेस नेता डबल काजी श्रेष्ठसँगै शैलुङ गाउँसभाकी पूर्व सदस्य पार्वती श्रेष्ठ , पृथ्वीनारायण श्रेष्ठलगायतका व्यक्तिहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

 

521 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट