२४ माघ २०८२, शनिवार

भर्खरै

१० वर्षदेखि रोकिएको पुल

अधुरो पुल, बेपत्ता ठेकेदार—दोलखामा निरीक्षणकै नाटक दोहोरियो

दोलखाको पुल संकट : ठेकेदार बेपत्ता, मन्त्रालय ‘निरीक्षण’मै सीमित

हेर्दाहेर्दै डेस्क २३ माघ २०८२, शुक्रवार
अधुरो पुल, बेपत्ता ठेकेदार—दोलखामा निरीक्षणकै नाटक दोहोरियो

तामाकोसी पुलको स्थलगत निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री चौलागाई सहितको टोली।

News Summary


  • दोलखामा दशकौँदेखि ठेक्का लागेको तामाकोसी मोटरेबल पुल ठेकेदार बेपत्ता हुँदा अधुरै छ, जसले गर्दा खिया लागेको पुरानो ट्रष्ट पुलमा जोखिमपूर्ण यातायात चलाउनुपरेको छ।
  • मन्त्रीको पछिल्लो निरीक्षण र १५ दिने अल्टिमेटमलाई पनि स्थानीयले विगतका असफल नाटकको निरन्तरता भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

दोलखा । दोलखामा दशकौँ अघि ठेक्का लागेका तामाकोसी मोटरेबल पुल आजसम्म अधुरै छ। निर्माण गर्ने कम्पनी लामो समयदेखि सम्पर्कमा छैन। मन्त्रालय भने हरेक वर्ष ‘निरीक्षण’ मात्र गरेर फर्किन्छ, काम अघि बढेको छैन। नयाँ पुल अलपत्र भएकाले खिया लागेको पुरानो ४५ वर्ष पुरानो ट्रष्ट पुल मर्मत गरेर मात्रै यातायात चलाउनुपर्ने अवस्था छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाई र टोली बिहीबार स्थलगत निरीक्षणका लागि पुगे पनि स्थानीय अझै असन्तुष्ट छन्।

“हामीलाई निरीक्षण होइन, काम चाहिएको हो। दशकौँको नाटक फेरि दोहोरियो,” स्थानीयले भने।

संसदमा पनि पटक–पटक उठेको मुद्दा

यो पुलको विषय राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल र पूर्व सांसद गंगा कार्कीले संसदमा पटक–पटक उठाएका थिए। उनीहरूले पुल निर्माण रोकिएको, ठेकेदार बेपत्ता भएको र दोलखा जस्तो महत्वपूर्ण ठाउँ जोखिममा परेको कुरा सदनमा बोलेका थिए। तर लामो समयसम्म कुनै ठोस काम भएको छैन।

पुरानो पुल खतरा, नयाँ पुल अधुरो

नयाँ पुलको काम सुरु हुँदा निर्माण कम्पनी हराएपछि दुवैतर्फ राखिएका सामग्री आजसम्म त्यहीँ थुप्रिएका छन्। पुरानो पुलमा खिया लागिसकेको छ र हेभी गाडी गुडाउनु जोखिमपूर्ण छ, यात्रुहरूले ‘कुन दिन पुल भाँचिन्छ’ भन्ने डरका साथ यात्रा गरिरहेका छन्।

१५ दिनको अल्टिमेटम, तर स्थानीय निराश

मन्त्री चौलागाईले ठेकेदारलाई १५ दिनभित्र काम छिटो गर्न निर्देशन दिएका छन्। तर स्थानीय भन्छन्—

“पहिला पनि अल्टिमेटम आए, परिणाम शून्य। फेरि निरीक्षणको नाटक मात्रै भयो।”

159 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट