२४ फागुन २०८२, सोमवार

भर्खरै

रास्वपाका जगदीश खरेल विजयी – ३२,३७६ मत

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

पार्वत गुरुङ दोस्रो, विशाल खड्का तेस्रो स्थानमा

हेर्दाहेर्दै डेस्क २४ फागुन २०८२, आइतवार
दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

News Summary


  • दोलखा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल विजयी भएका छन्।
  • खरेलले ३२ हजार ३७६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङलाई पराजित गरे।

दोलखा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दोलखा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३२ हजार ३ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङ ले १७ हजार ४ सय ४९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का ले १३ हजार ६५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटी ले १२ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।

मतगणनाको अन्तिम नतिजासँगै दोलखाबाट प्रतिनिधिसभामा खरेल निर्वाचित भएका हुन्। 

258 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट