Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

राजनीति

एमालेले टुंग्यायो समानुपातिक सांसदको नामावली

सचिवालय बैठकबाट विभिन्न क्लस्टरअनुसार १६ जनाको नाम सार्वजनिक

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० फागुन २०८२, शनिवार
एमालेले टुंग्यायो समानुपातिक सांसदको नामावली

News Summary


  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।
  • जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम क्लस्टरबाट विभिन्न व्यक्तिहरूलाई सांसदका रूपमा चयन गरिएको छ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।

बैठकले जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम क्लस्टरअन्तर्गत गरी विभिन्न व्यक्तिहरूलाई समानुपातिक सांसदका रूपमा चयन गरेको हो।

जनजाति क्लस्टरबाट ४ जनाको नाम तय गरिएको छ। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्।

खस आर्य क्लस्टरबाट ५ जनाको नाम टुंगो लगाइएको छ। महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।

थारु क्लस्टरबाट कृपाराम राणा चयन भएका छन्। दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्।

यस्तै मधेसी क्लस्टरबाट महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन्।

मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छन्।

334 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट