३१ फागुन २०८२, सोमवार

भर्खरै

निर्वाचन खर्च विवरण

दोलखाबाट उम्मेदवार विशाल खड्काद्वारा २४ लाख २० हजार रुपैयाँ निर्वाचन खर्च सार्वजनिक

प्रचार–प्रसार, सवारी, मतदाता प्रशिक्षणदेखि घरदैलो कार्यक्रमसम्म विभिन्न शीर्षकमा खर्च विवरण पेश

हेर्दाहेर्दै डेस्क १ चैत २०८२, आइतवार
दोलखाबाट उम्मेदवार विशाल खड्काद्वारा २४ लाख २० हजार रुपैयाँ निर्वाचन खर्च सार्वजनिक

News Summary


  • दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल खड्काले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
  • उनले चुनावी अभियानमा विभिन्न शीर्षकमा गरी कुल २४ लाख २० हजार १४५ रुपैयाँ खर्च भएको उल्लेख गर्दै जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाएका हुन्।

दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल खड्काले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका खड्काले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्।

जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार चुनावी अभियानका क्रममा विभिन्न शीर्षकमा गरी २४ लाख २० हजार १४५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणअनुसार मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ, प्रचार–प्रसार सामग्री छपाइमा ५ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ। त्यसैगरी नमुना मतपत्र, पर्चा तथा स्टिकर छपाइमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको देखाइएको छ।

त्यस्तै मतदाता प्रशिक्षणमा २ लाख रुपैयाँ, सवारी साधन भाडामा ४ लाख रुपैयाँ र इन्धन खर्चमा २ लाख १ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी स्टेशनरी तथा फोटोकपीमा ४१ हजार ३ सय रुपैयाँ खर्च भएको छ भने प्रतिनिधि तथा स्वयंसेवकका लागि खाना तथा खाजामा ३ लाख रुपैयाँ खर्च गरिएको जनाइएको छ।

यस्तै वडा स्तरीय प्रचार तथा घरदैलो कार्यक्रममा २ लाख ७८ हजार ७४५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगको व्यवस्थाअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो निर्वाचन खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

174 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट