रास्वपाको समानुपातिक सांसदमा दोलखाकी स्मृति सेन्चुरी
दलित कोटाबाट प्रतिनिधिसभामा सिफारिस
641
SharesNews Summary
- रास्वपाले दोलखाकी स्मृति सेन्चुरीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि दलित कोटाबाट सिफारिस गरेको छ।
- दोलखाबाट यसअघि रास्वपाका जगदीश खरेल प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन्।
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दोलखाकी स्मृति सेन्चुरीलाई सिफारिस गरेको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम समावेश गरिएको हो। कालिञ्चोक गाउँपालिका निवासी सेन्चुरीलाई दलित कोटाबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।
यसअघि दोलखाबाट प्रत्यक्षतर्फ रास्वपाका जगदीश खरेल निर्वाचित भइसकेका छन्।
641 Shares