१ चैत २०८२, बिहिवार

भर्खरै

प्रदेश विशेष / सुशासन

दोलखाका इन्स्पेक्टर विष्णुहरि फुयाल बने बागमती प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’

दोलखाको सिंगटीमा रहेर अपराध नियन्त्रण र निर्वाचन सुरक्षामा उत्कृष्ट भूमिका निभाएको भन्दै इन्स्पेक्टर फुयाल सम्मानित

हेर्दाहेर्दै डेस्क ४ चैत २०८२, बुधवार
दोलखाका इन्स्पेक्टर विष्णुहरि फुयाल बने बागमती प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’

News Summary


  • दोलखाको ईलाका प्रहरी कार्यालय सिंगटीमा कार्यरत प्रहरी निरीक्षक विष्णुहरि फुयाल फागुन महिनाको लागि बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित।
  • उनलाई आपराधिक घटनाको सफल अनुसन्धान र नियन्त्रण, साथै प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन खेलेको भूमिकाका लागि सम्मान गरिएको हो।

दोलखा । दोलखाको ईलाका प्रहरी कार्यालय सिंगटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुहरि फुयाल बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ (Police of the Month) का रूपमा फुयाललाई चयन गरेको हो ।

​आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकामा भएका विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान र नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई यो सम्मान दिइएको हो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक रेग्मीले फुयालको कार्यसम्पादन, अनुसन्धान क्षमता र व्यावसायिकताको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको जानकारी दिए ।

​गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा कालिञ्चोक क्षेत्रमा ‘मोबाइल कमाण्डर’ का रूपमा खटिएका फुयालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन उल्लेख्य योगदान दिएका थिए ।

​कठिन भौगोलिक अवस्था र सुरक्षा चुनौतीका बीच पनि कानून कार्यान्वयन र शान्ति सुरक्षा कायम गर्न उनले देखाएको नेतृत्वको सर्वत्र प्रशंसा भएको छ । यो सम्मानले दोलखाको सुरक्षा संयन्त्र र प्रहरी संगठनप्रति आम नागरिकको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

127 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट