ब्रेकिङ: काठमाडौंबाट दोलखाको लप्ची उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, २ घण्टादेखि सम्पर्क टुट्यो
अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएको हेलिकप्टर उडानको केही समयमै टावरसँग सम्पर्कविहीन भएको पुष्टि
AI
792
SharesNews Summary
- काठमाडौँबाट दोलखाको लप्चीका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन।
- उक्त हेलिकप्टर अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएका थिए।
- उडान भरेको केही समयमै हेलिकप्टर टावरसँगको सम्पर्कबाट बाहिरिएको थियो।
काठमाडौँ । काठमाडौँबाट दोलखाको बिगु-१ स्थित हिमाली क्षेत्र लप्चीका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ।
स्रोतका अनुसार उडान भरेको केही समयमै हेलिकप्टर टावरसँगको सम्पर्कबाट बाहिरिएको हो। हेलिकप्टर अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाउनुभएको थियो।
करिब दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि हेलिकप्टरसँग पुनः सम्पर्क हुन सकेको छैन।
792 Shares
