लप्ची क्षेत्रमा आकस्मिक अवतरण, सम्पर्कविहीन हेलिकप्टर सुरक्षित फेला
खराब मौसमले बाध्यात्मक अवतरण, लप्चीमा सबै सुरक्षित
404
SharesNews Summary
- दोलखाको लप्ची क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित अवतरण।
- खराब मौसमका कारण हेलिकप्टर बाध्यात्मक रूपमा अवतरण भएको पुष्टि।
- हेलिकप्टरमा रहेका सबै यात्रु तथा चालक दल पूर्ण रूपमा सुरक्षित छन्।
दोलखा । दुई घण्टादेखि सम्पर्कविहीन रहेको भनिएको मुस्ताङ एयर प्रा.लि. को हेलिकप्टर दोलखाको लप्ची क्षेत्रमा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण उडान प्रभावित भएपछि हेलिकप्टर बाध्यात्मक रूपमा सोही क्षेत्रमा अवतरण गरिएको हो। प्रारम्भिक जानकारीअनुसार हेलिकप्टरमा रहेका सबै यात्रु तथा चालक दल पूर्ण रूपमा सुरक्षित छन्।
404 Shares