१६ असार २०८३, मङ्गलवार

भर्खरै

लापिलाङका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लापिलाङको देउराली प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, थामी समुदायका बालबालिका लाभान्वित

निता राउत फाउण्डेशनद्वारा देउराली प्राथमिक विद्यालयका १०२ जना विद्यार्थीलाई झोला र कापी-पेन्सिल सहयोग

हेर्दाहेर्दै डेस्क २ जेठ २०८३, शनिवार
लापिलाङको देउराली प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, थामी समुदायका बालबालिका लाभान्वित

News Summary


  • निता राउत फाउण्डेशनले दोलखाको देउराली प्राथमिक विद्यालयका १ सय २ जना आर्थिक रूपमा विपन्न थामी समुदायका बालबालिकालाई शैक्षिक सामग्री (झोला, कापी, पेन्सिल) वितरण गर्यो।
  • यो सहयोगले बालबालिकालाई पढाइप्रति उत्साहित बनाउन, विद्यालयमा नियमित उपस्थित गराउन र कापी-कलमको अभावबाट राहत दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङस्थित देउराली प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । निता राउत फाउण्डेशनले विद्यालयमा अध्ययनरत १ सय २ जना बालबालिकालाई झोला, कापी तथा पेन्सिल सहयोग गरेको हो ।

​आर्थिक रूपमा पछाडि परेको समुदायका बालबालिकालाई पढाइप्रति उत्साहित बनाउन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले सामग्री वितरण गरिएको पत्रकार गोकर्ण भण्डारीले बताए । ३ सयभन्दा बढी घरधुरी रहेको थामी बस्तीको यस विद्यालयमा १ जना बाहेक सबै विद्यार्थी थामी समुदायका रहेका छन् ।

​घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय विद्यार्थी कापी-कलम अभाव झेलिरहेको अवस्थामा यो सहयोगले ठूलो राहत मिलेको विद्यालयका प्रधानाध्यापक रुपमाला पोत्रेलले बताए । उनका अनुसार कक्षा ५ सम्म मात्र पढाइ हुने यस विद्यालयका बालबालिकाहरू माथिल्लो कक्षाका लागि नजिकैको लापिलाङ माध्यमिक विद्यालय जाने गरेका छन्, जहाँ पनि ८० प्रतिशतभन्दा बढी थामी समुदायकै विद्यार्थी छन् ।

​विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा र आर्थिक सहयोग गर्दै आएको निता राउत फाउण्डेशनको यो कार्यप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

​सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा थामीको अध्यक्षता तथा वरिष्ठ पत्रकार चिरञ्जीवी मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

598 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट