Herda Herdai logo २६ कार्तिक २०८३, बिहिवार

भर्खरै

दोलखामा देउवा पक्षको जिल्ला अधिवेशन कात्तिक २८ गते

देउवा पक्षले दोलखामा कांग्रेसको जिल्ला अधिवेशन गर्दै, शशांक कोइराला प्रमुख अतिथि

शशांक कोइराला प्रमुख अतिथि, अग्रज नेताहरूलाई सम्मान गरिने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २६ कार्तिक २०८३, बिहिवार
देउवा पक्षले दोलखामा कांग्रेसको जिल्ला अधिवेशन गर्दै, शशांक कोइराला प्रमुख अतिथि

News Summary


नेपाली कांग्रेसको देउवा पक्षले कात्तिक २८ गते दोलखामा १५औँ जिल्ला अधिवेशन गर्ने भएको छ।

अधिवेशनमा डा. शशांक कोइरालासहित केन्द्रीय तथा स्थानीय नेताहरू सहभागी हुनेछन्।

कार्यक्रममा राष्ट्रिय राजनीतिमा योगदान पुर्‍याएका अग्रज नेताहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।

दोलखा । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा पक्ष) ले दोलखामा १५औँ नियमित जिल्ला अधिवेशन गर्ने भएको छ। आगामी कात्तिक २८ गते चरिकोटको सातदोबाटोमा हुने अधिवेशनमा पार्टीका नेता डा. शशांक कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

‘नेपाल बचाऔँ, नेपाली बचाऔँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनमा केन्द्रीय नेताहरू एनपी साउद, मोहनबहादुर बस्नेत र कुन्दनराज काफ्लेलगायत सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरू तारा बहादुर कोइराला र रुद्र खड्कालगायत पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको समेत उपस्थिति रहनेछ।

अधिवेशनका अवसरमा लामो समयदेखि राष्ट्रिय राजनीतिमा योगदान पुर्‍याउँदै आएका नेपाली कांग्रेसका अग्रज नेताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

नेपाली कांग्रेस दोलखाले पार्टीका नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकसहित जिल्लाका लोकतन्त्रप्रेमी नागरिकलाई अधिवेशनमा उपस्थित हुन आग्रह गरेको छ।

अधिवेशन कात्तिक २८ गते बिहान १० बजेदेखि चरिकोटको सातदोबाटोमा सुरु हुनेछ।

86 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट