Herda Herdai logo १ असोज २०८३, बिहिवार

भर्खरै

अवरुद्ध सडक खण्ड सञ्चालनमा आएसँगै घट्यो एलपी ग्यासको मूल्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ असोज २०८३, बिहिवार
अवरुद्ध सडक खण्ड सञ्चालनमा आएसँगै घट्यो एलपी ग्यासको मूल्य

काठमाडौँ । उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने भएको छ। प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री-वितरण हुने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले अवरुद्ध सडक सञ्चालनमा आएपछि वैकल्पिक मार्ग प्रयोग गर्दा थपिएको ढुवानी खर्च हटाउँदै सरकारले तोकेको मूल्यमा ग्यास बिक्री गर्न उद्योगहरूलाई आग्रह गरेको हो।

सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङस्थित उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ग्यास ल्याएका थिए।

वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै संघले यसअघि सरकारले तोकेको प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम दुई हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न आग्रह गरेको थियो।

संघका अनुसार अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोलेर यातायात सञ्चालनमा आएसँगै एलपी ग्यासका बुलेट काठमाडौँ आउन थालेका छन्। यससँगै उद्योगहरूले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ।

संघले २०८३ असोज २ गते शुक्रबारदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँभन्दा बढी मूल्य नलिन सबै ग्यास उद्योगलाई आग्रह गरेको छ। आफ्ना विक्रेतालाई पनि नयाँ मूल्यबारे जानकारी गराउन उद्योगहरूलाई निर्देशन दिइएको छ।

100 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट