Herda Herdai logo २ असोज २०८३, शुक्रवार

भर्खरै

जडिबुटीमा उर्मिला कार्कीको मृत्यु

जडिबुटी दुर्घटनामा दोलखाकी उर्मिला कार्कीको ज्यान गयो

जडिबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस नेतृ उर्मिला कार्कीको मृत्यु

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ असोज २०८३, शुक्रवार
जडिबुटी दुर्घटनामा दोलखाकी उर्मिला कार्कीको ज्यान गयो

News Summary


  • काठमाडौंको जडिबुटी चोकमा शुक्रबार ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दोलखाकी उर्मिला कार्कीको मृत्यु भएको छ।
  • मोटरसाइकलमा सवार कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्।
  • ३५ वर्षीया कार्की नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि थिइन्।

काठमाडौं । जडिबुटी चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा दोलखाकी उर्मिला कार्कीको मृत्यु भएको छ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार कार्कीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल उनका श्रीमान् देवराज कँडेलले चलाएका थिए।

दुर्घटनामा कँडेल घाइते भएका छन्। करिब ३५ वर्षीया कार्की नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि थिइन्।

शैलुङ गाउँपालिका–५ काटाकुटीमा जन्मिएकी कार्की नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय भएकी थिइन्।

147 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट