११ पुष २०८२, शुक्रवार

भर्खरै

एमाले नेतृत्व चयनका लागि मतदान शुरू, ओली–पोखरेल प्रतिस्पर्धामा

हेर्दाहेर्दै डेस्क २ पुष २०८२, बुधवार
एमाले नेतृत्व चयनका लागि मतदान शुरू, ओली–पोखरेल प्रतिस्पर्धामा

News Summary


  • नेकपा (एमाले) को नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान शुरू।
  • अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्।
  • २,२६३ प्रतिनिधिले विद्युतीय माध्यमबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछन्।

काठमाडौँ,२ पुष -  नेकपा (एमाले) को नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान शुरू भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मतदान गरेपछि प्रतिनिधिहरूलाई मतदानमा सहभागी गराइएको हो।

अध्यक्षका दुई उम्मेदवार ओली र पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट