गौतमबुद्ध विमानस्थलबाट कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली
हेर्दाहेर्दै डेस्क
३ पुष २०८२, बिहिवार
46
SharesNews Summary
- नेपाल सरकारले उपहारस्वरूप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि प्रस्थान गरेका छन्।
- कतारका अमिरको नेपाल भ्रमणका क्रममा गरिएको प्रतिबद्धताअनुसार नेपालले यी हात्तीहरू कतार पठाएको हो।
काठमाडौँ। नेपाल सरकारले उपहारस्वरूप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन्।कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्ती दिउँसो ५ बजेपछि प्रस्थान गरेका हुन्।
मंगलबार चितवनबाट भैरहवा ल्याइएका हात्तीहरू आज बिहान खराब मौसमका कारण उडान ढिलाइ भएपछि भारतको कोलकाता डाइभर्ट भएको जहाजमार्फत साँझ कतार उडेका हुन्। भैरहवाबाट उडेको करिब चार घण्टामा जहाज कतार पुग्ने बताइएको छ।हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक तथा दुवै हात्तीका माउते पनि कतार गएका छन्। उनीहरूले केही समय हात्तीहरूको रेखदेख गर्ने र त्यहाँका कर्मचारीलाई हात्तीको स्याहारसुसारसम्बन्धी तालिम दिनेछन्।
६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकी पोथी हात्ती रुद्रकली २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा गरिएको प्रतिबद्धताअनुसार नेपाल सरकारले उपहारस्वरूप पठाएको हो।

हेर्दाहेर्दै डेस्क