११ पुष २०८२, शुक्रवार

भर्खरै

निर्वाचन विशेष

समावेशी मापदण्डअनुसार नेकपा दोलखाद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा उम्मेदवार सिफारिस

प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि विभिन्न क्लस्टरबाट नाम सिफारिस

हेर्दाहेर्दै डेस्क ११ पुष २०८२, शुक्रवार
समावेशी मापदण्डअनुसार नेकपा दोलखाद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा उम्मेदवार सिफारिस

News Summary


  • नेकपा दोलखाले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको मापदण्डअनुसार उम्मेदवार सिफारिस गरेको छ।
  • प्रतिनिधिसभाका लागि खुला, नवयुवा र समानुपातिकतर्फ खसआर्य, सहिद/द्वन्द्वपीडित महिला, जनजाति, अल्पसंख्यक, दलित लगायतका समावेशी क्लस्टरबाट नामहरू सिफारिस गरिएका छन्।
  • सिफारिस गरिएका सबै नामहरू अन्तिम निर्णयका लागि केन्द्रीय कमिटीमा पठाइएको छ।

दोलखा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले पार्टीको मापदण्ड तथा समावेशी सिद्धान्तअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खुला क्लस्टरबाट विशाल खड्का, गोपाल न्यौपाने र नरबहादुर पाख्रिनलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यस्तै, नवयुवा क्लस्टरबाट जेविन सर्वहारा र नवयुवा महिला क्लस्टरबाट रुरल एमको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ खसआर्य पुरुषमा महेन्द्रबहादुर कार्की, महिला सहिद परिवारतर्फ चुनु केसी, महिला द्वन्द्वपीडिततर्फ रिता रिमाल, महिला जनजातितर्फ संगीता पाख्रिन, महिला अल्पसंख्यकतर्फ शान्ता थामी, दलिततर्फ दीपक धनुके र टिकाराम दियाली, तथा जनजाति पुरुषतर्फ सोम तामाङ, पासाङ शेर्पा र छिरिङ शेर्पाको नाम सिफारिस गरिएको छ।

यसैगरी, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि डम्बरविक्रम कार्की, दिनेशराज शिवाकोटी, बलराम थापा र बद्रीकुमार चौलागाईंको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका सबै उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकिएको छ र अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने बताइएको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट