निर्वाचनबाट पछि हटिन् पम्पा भुसाल, पार्टी अभियानमा केन्द्रित रहने
पम्पा भुसालद्वारा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय
443
SharesNews Summary
- नेकपा नेतृ पम्पा भुसालले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवार नबन्ने निर्णय गरेकी छिन्।
- उनले नयाँ पुस्तालाई अवसर दिन र पार्टीका उम्मेदवारलाई विजयी बनाउन आफू सक्रिय रहने बताएकी छिन्।
काठमाडौं । नेकपाकी नेतृ पम्पा भुसालले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवार नबन्ने निर्णय गरेकी छिन्। ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको उम्मेदवारीको प्रस्ताव आफूले अस्वीकार गरेको उनले बताएकी छिन्।
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी भुसालले अब आफ्नो राजनीतिक अनुभव र सिकाइलाई पार्टीभित्र संस्थागत रूपमा प्रयोग गर्ने बताएकी छिन्। यस निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई विजयी बनाउन आफू सक्रिय रूपमा पार्टी अभियानमा केन्द्रित रहने उनको भनाइ छ।
साथै, सक्षम र ऊर्जाशील युवालाई अगाडि ल्याउनुपर्ने समय आएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेकी छिन्।
443 Shares