नेकपा एमाले दोलखाले समानुपातिक उम्मेदवारको सूची तयार गर्यो
आइतबारको जिल्ला कमिटी बैठकले सूची अनुमोदन गरेको एमालेले जनाएको छ।
Photo : AI Generated
838
SharesNews Summary
- नेकपा एमाले दोलखाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पारेको छ।
- जिल्ला कमिटी बैठकले उक्त सूचीलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
दोलखा । नेकपा एमाले दोलखाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पारेको छ।
पार्टीले टंक जिरेल, उर्मिला थामी, शान्ति कुमारी तामाङ, रोचकुमारी चौलागाँई, कालिका पाठक, भुवन केसी, कृष्णबहादुर भुजेल, टेक घतानी र डबल पाण्डेको नाम सिफारिस गरेको जनाएको छ।
आइतबार बसेको जिल्ला कमिटी बैठकले यस सूचीलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
838 Shares