Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

नेकपा समानुपातिक बन्द सूचीमा दोलखाबाट कार्की र शेर्पा चयन

दोलखाबाट कार्की र शेर्पा समानुपातिक बन्द सूचीमा

समावेशी मापदण्डअनुसार नेकपा दोलखाले सिफारिस गरेका दुई उम्मेदवार प्रतिनिधिसभा समानुपातिक अन्तिम सूचीमा समावेश

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १५ पुष २०८२, मङ्गलवार
दोलखाबाट कार्की र शेर्पा समानुपातिक बन्द सूचीमा

News Summary


  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले सिफारिस गरेका मध्ये महेन्द्रबहादुर कार्की (खस-आर्य पुरुष) र पासाङ शेर्पा (जनजाति पुरुष) समानुपातिकतर्फको अन्तिम बन्द सूचीमा परेका छन्।
  • दोलखाबाट यी दुई जना उम्मेदवारले मात्र अन्तिम बन्द सूचीमा स्थान पाएका हुन्।

दोलखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेका महेन्द्रबहादुर कार्की र पासाङ शेर्पा समानुपातिकतर्फको अन्तिम बन्द सूचीमा परेका छन्।

पार्टीको मापदण्ड तथा समावेशी सिद्धान्तअनुसार दोलखा जिल्लाबाट विभिन्न वर्ग र समुदायका उम्मेदवारहरू सिफारिस गरिएकोमा खस–आर्य पुरुषतर्फ महेन्द्रबहादुर कार्की र जनजाति पुरुषतर्फ पासाङ शेर्पा अन्तिम बन्द सूचीमा समावेश भएका हुन्।

समानुपातिकतर्फ अन्य सिफारिस गरिएका उम्मेदवारहरूमा महिला सहिद परिवारतर्फ चुनु केसी, महिला द्वन्द्वपीडिततर्फ रिता रिमाल, महिला जनजातितर्फ संगीता पाख्रिन, महिला अल्पसंख्यकतर्फ शान्ता थामी, दलिततर्फ दीपक धनुके र टिकाराम दियाली तथा जनजाति पुरुषतर्फ सोम तामाङ र छिरिङ शेर्पा रहेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पेश गरेको समानुपातिकतर्फको अन्तिम बन्द सूचीमा दोलखा जिल्लाबाट दुई जना उम्मेदवार परेका हुन्।

825 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट