Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

एमाले गतिविधि

एमालेले सातै प्रदेशमा संगठनात्मक संयोजक चयन गर्‍यो

प्रदेश संगठनलाई बलियो बनाउने उद्देश्यसहित संयोजक नियुक्त

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २२ पुष २०८२, मङ्गलवार
एमालेले सातै प्रदेशमा संगठनात्मक संयोजक चयन गर्‍यो

News Summary


  • नेकपा एमालेले पार्टी संगठनलाई सुदृढ र सक्रिय बनाउन सातै प्रदेशमा संगठनात्मक संयोजक नियुक्त गरेको छ।
  • कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत लगायतका नेताहरूले विभिन्न प्रदेशको जिम्मेवारी पाएका छन्।
  • यसको उद्देश्य प्रदेशस्तरमा संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउनु हो।

काठमाडौं। नेकपा एमालेले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यले सातै प्रदेशमा संगठनात्मक संयोजक नियुक्त गरेको छ। पार्टी नेतृत्वले प्रदेशस्तरमा संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन यो निर्णय गरिएको जनाएको छ।

 

पार्टीका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, काठमाडौं उपत्यका (राजधानी क्षेत्र) मा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजकको जिम्मेवारी दिइएको छ।

 

एमाले नेतृत्वका अनुसार नयाँ संयोजकहरूको नियुक्तिले प्रदेशस्तरमा संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टी गतिविधि प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। पार्टीले आगामी दिनमा संगठनात्मक कामलाई थप तीव्र बनाउने जनाएको छ।

 
 
358 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट