११ माघ २०८२, आइतवार

भर्खरै

दोलखामा एमाले केन्द्रको हस्तक्षेप, जिल्ला कमिटीको निर्णय खारेज

फागुन २१ को निर्वाचनका लागि दोलखाबाट पाँच उम्मेदवार, एमाले केन्द्रको हस्तक्षेप

दोलखा जिल्ला कमिटीको सिफारिस खारेज गर्दै एमाले केन्द्रले बालकृष्ण शिवाकोटी, पार्वत गुरुङ, रचना खड्का, श्याम बस्नेत र डबल पाण्डेको नाम सिफारिस

हेर्दाहेर्दै डेस्क २४ पुष २०८२, बिहिवार
फागुन २१ को निर्वाचनका लागि दोलखाबाट पाँच उम्मेदवार, एमाले केन्द्रको हस्तक्षेप

News Summary


  • नेकपा एमाले बाग्मती प्रदेश कमिटीले दोलखा जिल्ला कमिटीको प्रतिनिधि सभा उम्मेदवार सिफारिस खारेज गर्‍यो।
  • केन्द्रको निर्णयअनुसार ५ जना नयाँ उम्मेदवार सिफारिस गर्दै छनोट प्रक्रिया केन्द्रीकृत बनाइएको छ, जसले पार्टीभित्र आन्तरिक असन्तुष्टि बढाउन सक्छ।

काठमाडौँ । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आज (बिहीबार) सम्पन्न बैठकले दोलखा जिल्लाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा जिल्ला कमिटीले गरेको निर्णय खारेज गरेको छ।

बैठकले केन्द्रको निर्णयअनुसार बालकृष्ण शिवाकोटी, पार्वत गुरुङ, रचना खड्का, श्याम बस्नेत र डबल पाण्डेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टी स्रोतका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब केन्द्रीकृत ढंगबाट अघि बढाउने निर्णय गरिएको हो। जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै केन्द्रले हस्तक्षेप गरेको भन्दै एमालेभित्र आन्तरिक असन्तुष्टि चुलिन सक्ने संकेत देखिएको छ।

805 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट