दोलखाका सुन्दर खड्काले रचे इतिहास: जिल्लाकै पहिलो 'MDRT 2026' अवार्ड विजेता
दोलखाका सुन्दर खड्कालाई 'MDRT 2026' अवार्ड: जिल्लाकै पहिलो रेकर्ड
हेर्दाहेर्दै डेस्क
२७ पुष २०८२, आइतवार
1514
SharesNews Summary
- दोलखाका सुन्दर खड्का जिल्लाकै पहिलो 'MDRT 2026' अवार्डबाट सम्मानित भएका छन्।
- यो बीमा क्षेत्रमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्तालाई दिइने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो।
दोलखा । दोलखा जिल्लाको बीमा क्षेत्रमा एउटा नयाँ इतिहास कायम भएको छ। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चरिकोट शाखामा कार्यरत सुन्दर खड्का जिल्लाकै पहिलो 'MDRT 2026' (Million Dollar Round Table) अवार्डबाट सम्मानित भएका हुन्।
बीमा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान र उत्कृष्ट व्यावसायिक प्रदर्शनका आधारमा खड्काले यो अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठा प्राप्त गरेका हुन्।
भव्य समारोहका बीच सम्मान
शनिबार सदरमुकाम चरिकोटस्थित दरबार पार्टी प्यालेसमा आई.एम.ई. लाइफ इन्स्योरेन्स चरिकोट शाखाले एक भव्य उत्सव (Celebration Program) आयोजना गरी खड्कालाई सम्मान गरेको हो। शाखा प्रमुख रुकमणि शिवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका बागमती प्रदेश प्रमुख चन्द्र प्रदीप भट्टराई मुख्य अतिथि रहेका थिए। प्रमुख अतिथि भट्टराईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
सम्मानित भएपछि खड्कालाई बाजागाजासहित चरिकोट बजार परिक्रमा गराउँदै कार्यक्रमस्थल प्रवेश गराइएको थियो। सो क्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूले उनलाई दोसल्ला ओढाएर, माला र खादाका साथ बधाई तथा शुभकामना व्यक्त गरे। दोलखा जिल्लाबाट यो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्ने खड्का पहिलो व्यक्ति बनेका छन्।
देवी दाहाल पनि सम्मानित
सोही अवसरमा माछापुच्छ्रे क्लबमार्फत देवी दाहाललाई पनि सम्मान गरिएको थियो। छोटो समयमै बीमा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै उनलाई प्रोत्साहन स्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
क्षेत्रीय शाखा प्रबन्धक सन्तोष प्रसाद दाहालले स्वागत मन्तव्य राखेको उक्त समारोहमा बीमा क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी र सामाजिक व्यक्तित्वहरूको ठूलो उपस्थिति रहेको थियो।
के हो MDRT?
'मिलियन डलर राउन्ड टेबल' (MDRT) बीमा क्षेत्रमा सक्रिय अभिकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय सञ्जाल हो। निश्चित समयभित्र उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूले मात्र यो सदस्यता र अवार्ड प्राप्त गर्छन्, जसलाई बीमा क्षेत्रमा निकै प्रतिष्ठित मानिन्छ।
1514 Shares
हेर्दाहेर्दै डेस्क