दोलखामा नेपाली कम्युनिस्ट पार्टीको चुनावी कमान्ड र ७५१ सदस्यीय परिचालन समिति गठन
गङ्गा कार्कीको नेतृत्वमा चुनावी रणनीति सुदृढ, जिल्लाभर मतदाता शिक्षा र संगठन विस्तारमा जोड
Photo : AI
हेर्दाहेर्दै डेस्क
२ माघ २०८२, शुक्रवार
1068
SharesNews Summary
- नेपाली कम्युनिस्ट पार्टीले दोलखामा आगामी निर्वाचनको तयारी स्वरूप गङ्गा कार्कीको नेतृत्वमा चुनावी कमान्ड गठन गरेको छ।
- निर्वाचन परिचालनका लागि भिमप्रसाद दाहालको संयोजकत्वमा ७५१ सदस्यीय समिति र ५१ सदस्यीय सचिवालय बनाइएको छ।
दोलखा । नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउँदै जिल्लामा आफ्नो चुनावी कमान्ड र सांगठनिक संरचना टुंगो लगाएको छ।
पार्टीको बैठकले पूर्व प्रतिनिधि सभा सदस्य गङ्गा कार्की ‘विश्व’ लाई ‘पोलिटिकल हाइ कमान्ड’ कमान्डर नियुक्त गरेको छ। कार्कीको नेतृत्वमा जिल्लाभर राजनीतिक रणनीति र चुनावी एजेन्डा अगाडि बढाइनेछ।
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन पार्टीले भिमप्रसाद दाहालको संयोजकत्वमा ७५१ सदस्यीय जम्बो समिति गठन गरेको छ। सह-संयोजकमा भरतप्रसाद दुलाल र होम पाठक चयन भएका छन् भने ५१ सदस्यीय सचिवालयले घरदैलो, मतदाता शिक्षा र संगठन विस्तारको जिम्मेवारी पाएको छ।
पार्टीको यो रणनीतिक कदमले दोलखाको राजनीतिक वातावरणमा नयाँ हलचल सुरु गरेको स्रोतले जनाएको छ।
1068 Shares
हेर्दाहेर्दै डेस्क