नेकपा एमालेको प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङ
यसअघि सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भैसकेका गुरुङ चुनावी मैदानमा
हेर्दाहेर्दै डेस्क
३ माघ २०८२, शनिवार
256
SharesNews Summary
* नेकपा एमालेले दोलखा तर्फ प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङलाई अघि सारेको छ।
* गुरुङ यसअघि सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भैसकेका छन्।
* उम्मेदवार सिफारिसमा असन्तुष्टि देखिएपछि बालकृष्ण शिवाकोटी लगायतले विरोध गरेका थिए।
* विवाद चर्किएपछि प्रदेश समितिले पुनः सिफारिस गर्दै अन्य आकांक्षीको नाम थपेको थियो।
दोलखा । नेकपा (एमाले) ले दोलखाबाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्वत गुरुङलाई उम्मेदवार बनाएको छ। पार्टीको निर्णयअनुसार गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि अघि सारिएको हो।
गुरुङ यसअघि सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भैसकेका छन्। पार्टीले उनको उम्मेदवारीलाई औपचारिक रूपमा सार्वजनिक गर्दै निर्वाचन तयारीलाई तीव्र बनाएको जनाएको छ।
उम्मेदवार सिफारिसको क्रममा गुरुङको नाम एकल रूपमा सिफारिस गरिएपछि जिल्ला एमालेभित्र असन्तुष्टि देखिएको थियो। अर्का आकांक्षी बालकृष्ण शिवाकोटीले पत्रकार सम्मेलन गरी गुरुङको उम्मेदवारी तथा जिल्ला पार्टीको निर्णय प्रक्रियाको विरोध गरेका थिए।
त्यस लगत्तै नेकपा एमाले दोलखा पार्टीका उप–सचिवसहित दर्जनौँ नेताहरूले पार्टी पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। यस घटनाले जिल्लामा एमालेको आन्तरिक विवाद सार्वजनिक भएको थियो।
विवाद चर्किएपछि नेकपा एमाले बाग्मती प्रदेशले जिल्ला सिफारिस बदर गर्दै बालकृष्ण शिवाकोटीसहित अन्य आकांक्षीको नाम थपेर पुनः सिफारिस गरेको थियो।
यद्यपि पार्टी नेतृत्वले आन्तरिक छलफल र संगठनात्मक व्यवस्थापनमार्फत निर्वाचनमा केन्द्रित रहने बताएको छ। एमाले दोलखाले आगामी दिनमा संगठन सुदृढीकरण र चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ।
256 Shares
हेर्दाहेर्दै डेस्क