जनताका कुरा सुन्दै रास्वपा, दोलखाका पालिकामा अभियान विस्तार
चरिकोटबाट सुरु भयो रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान, अन्य पालिकामा पनि कार्यक्रम गरिने
80
SharesNews Summary
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान चरिकोटस्थित होटल एमब्रोसियाबाट सुरु गरेको छ ।
जनताका गुनासा, सुझाव र स्थानीय समस्या बुझ्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको हो ।
तीनदिने अभियान दोलखाका अन्य पालिकामा पनि सञ्चालन गरिनेछ ।
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताका गुनासा र सुझाव संकलन गर्दै स्थानीय तहमा संगठन विस्तार गर्ने उद्देश्यले दोलखामा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत बिहीबार चरिकोटस्थित होटल एमब्रोसियामा कार्यक्रम सुरु भएको हो। कार्यक्रममा रास्वपाका नेता तथा सांसद बोधनारायण श्रेष्ठ, समीक्षा बास्कोटा, आशिका तामाङ, बागमती प्रदेश सभापति उत्सव अर्याल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने र आरके ढुङ्गानालगायत सहभागी छन्।
तीन दिनसम्म सञ्चालन हुने अभियानमार्फत जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा, सुझाव र स्थानीय समस्या बुझिने रास्वपाले जनाएको छ।
पार्टीका अनुसार अभियानलाई दोलखाका अन्य पालिकामा पनि विस्तार गरिनेछ।
80 Shares