Herda Herdai logo २२ असोज २०८३, बिहिवार

भर्खरै

बिगुमा शिक्षक–कर्मचारी भलिबल

बिगुमा वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सुरु

७ टोली सहभागी प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २१ असोज २०८३, बुधवार
बिगुमा वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सुरु

News Summary


  • बिगु गाउँपालिकामा वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सुरु भएको छ ।
  • गौरीशंकर मावि, जगतमा ७ टोलीको सहभागिता।
  • प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । विजेतालाई रु. २० हजारसम्म नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ 

दोलखा । बिगु गाउँपालिकामा वडास्तरीय शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिता सुरु भएको छ। बिगु गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो।

बिगु गाउँपालिका–१ जगतस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार प्रतियोगिताको उद्घाटन गरिएको हो।

बिगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष उमा लुङ्गेली मगर, शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख भरतबहादुर भट्टराई, बिगु–१ का वडाध्यक्ष मेम्बा तामाङ, बिगु–४ का वडाध्यक्ष रामचन्द्र खड्का, गौरीशंकर–९ का वडाध्यक्ष निमगेली शेर्पालगायत गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। शिक्षक तथा कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै संस्थागत एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ७ वटा शिक्षक–कर्मचारी टोलीको सहभागिता रहेको छ। बुधबारदेखि सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले रु. २० हजार, दोस्रो हुनेले रु. १५ हजार, तेस्रो हुनेले रु. १० हजार र सान्त्वना हुने टोलीले रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

 

 

 

 

 

335 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट