दोलखामा अदालत-बारको रक्तदान कार्यक्रम
दोलखा अदालत र बारको संयुक्त आयोजनामा रक्तदान
112
SharesNews Summary
जिल्ला अदालत दोलखा र नेपाल बार एसोसिएसन दोलखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
दोलखा । जिल्ला अदालत दोलखा र नेपाल बार एसोसिएसन दोलखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहभागीहरूले रक्तदान गरेका थिए।
नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेतले रक्तदान कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन सहयोग पुग्ने बताए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
112 Shares