Herda Herdai logo २८ असोज २०८३, बुधवार

भर्खरै

भलिबल प्रतियोगिता

विगुमा तेस्रो वडाध्यक्ष कप भलिबल सुरु, १६ टोली सहभागी

विगु-४ लादुकमा सुरु प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ पाउने।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २८ असोज २०८३, बुधवार
विगुमा तेस्रो वडाध्यक्ष कप भलिबल सुरु, १६ टोली सहभागी

News Summary


दोलखाको विगु गाउँपालिका-४ लादुकमा तेस्रो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा विगु, कालिन्चोक र गौरीशङ्कर गाउँपालिकाका १६ टोली सहभागी भएका छन्।

प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार, द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले ३० हजार र सान्त्वना हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

विगु गाउँपालिका-२ को आयोजनामा सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।

दोलखा । दोलखाको विगु गाउँपालिका-४ लादुकमा तेस्रो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बुधबारदेखि शान्ति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता विगु गाउँपालिका-२ को आयोजनामा सञ्चालन भइरहेको छ।

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका नेता अच्युत्तम कटुवालले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै कटुवालले खेलकुदले युवामा अनुशासन, सहकार्य र आपसी सद्भावको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। खेलकुदले सामाजिक एकता कायम गर्न र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्नसमेत सहयोग पुर्‍याउने उनको भनाइ थियो।

प्रतियोगितामा दोलखाको उत्तरी क्षेत्रका विगु, कालिन्चोक र गौरीशङ्कर गाउँपालिकाका १६ टोली सहभागी छन्। स्थानीयस्तरमा खेलकुदको विकास गर्नुका साथै प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले ५० हजार, तृतीय हुनेले ३० हजार र सान्त्वना हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

विगु गाउँपालिका–२ का वडाध्यक्ष दीपक ठकुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विगु गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र खड्कालगायत विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाका प्रतिनिधि र खेलप्रेमीहरूको उपस्थिति थियो।

297 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट