’विशाल खड्का नै विकल्प’ भन्दै सुजन श्रेष्ठसहित युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
रास्वपाका वडा सभापति सुजन श्रेष्ठसहित स्थानीय युवाको सामूहिक नेकपा प्रवेश
1438
SharesNews Summary
- रास्वपाका वडा सभापति सुजन श्रेष्ठसहित स्थानीय युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध भएका छन्।
- श्रेष्ठले विशाल खड्काको सक्षम नेतृत्व, स्पष्ट भिजन र जनतासँगको घुलमिललाई पार्टी प्रवेशको मुख्य कारण बताएका छन्।
- यो प्रवेशसँगै कालिन्चोक क्षेत्रको स्थानीय राजनीतिक समीकरणमा प्रभाव पर्ने विश्लेषण गरिएको छ।
दोलखा । कालिन्चोक–४ चिउरीखर्कका रास्वपाका वडा सभापति सुजन श्रेष्ठसहितका स्थानीय युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन्। आइतबार आयोजित कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश घोषणा गरेका हुन्।
श्रेष्ठले दोलखामा सक्षम, अनुभवी र भिजनरी नेतृत्वका रूपमा देखिएका विशाल खड्का नै आफ्नो राजनीतिक यात्राका लागि उपयुक्त विकल्प रहेको बताए। उनका अनुसार, “हामीले अझ स्पष्ट भिजन, जनतासँगको घुलमिल र कार्यक्षमताको आधारमा नयाँ राजनीतिक दिशा रोजेका हौँ।”
कार्यक्रममा बोल्दै नेकपाकी नेतृ देवी खड्का ले नवआवद्ध युवाहरूलाई स्वागत गर्दै संगठन सुदृढ बनाउन र जनतामुखी अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरिन्। उनका अनुसार, स्थानीय युवाको बढ्दो सहभागिता सकारात्मक परिवर्तनको सूचक हो।
श्रेष्ठसहितको समूह नेकपामा प्रवेशसँगै कालिन्चोक क्षेत्रको स्थानीय राजनीतिक समीकरणमा पनि प्रभाव पर्ने विश्लेषण गरिएको छ।
1438 Shares