१ चैत २०८२, मङ्गलवार

भर्खरै

स्वास्थ्य | दोलखा | औषधि व्यवस्थापन | अभिमुखीकरण कार्यक्रम

दोलखामा औषधि तथा स्वास्थ्य सामग्रीको Forecasting र Quantification सम्बन्धी अभिमुखीकरण सम्पन्न

स्वास्थ्य संस्थामा औषधिको सही अनुमान र व्यवस्थापन सुधार गर्ने उद्देश्य

हेर्दाहेर्दै डेस्क २ चैत २०८२, सोमवार
दोलखामा औषधि तथा स्वास्थ्य सामग्रीको Forecasting र Quantification सम्बन्धी अभिमुखीकरण सम्पन्न

News Summary


  • दोलखा जनस्वास्थ्य कार्यालयले औषधि तथा स्वास्थ्य सामग्रीको 'Forecasting र Quantification' सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो।
  • जिल्लाका स्थानीय तहका स्वास्थ्य प्रमुखहरूको सहभागितामा आव २०८२/०८३ का लागि औषधिको आवश्यकता वैज्ञानिक ढंगले अनुमान गर्ने तालिम दिइयो।
  • यसको उद्देश्य औषधि अभाव हुन नदिने, आपूर्ति व्यवस्थापन सुधार्ने र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हो।

दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा औषधि तथा औषधिजन्य सामग्रीको Forecasting तथा Quantification सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल चैत १ र २ गते चरिकोटस्थित जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजना गरिएको थियो।

कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डीलेन्द्र बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा उप–प्रमुखहरूको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने आधारभूत औषधि तथा स्वास्थ्यजन्य सामग्रीको सही अनुमान (Forecasting) तथा परिमाण निर्धारण (Quantification) सम्बन्धी विषयमा कार्यक्रम केन्द्रित रहेको जनाइएको छ।

अभिमुखीकरणका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीको आवश्यकता वैज्ञानिक ढङ्गले अनुमान गर्ने, उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई नियमित र व्यवस्थित बनाउने विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रेवती थापा र प्रेम अधिकारीले सहजीकरण गरेका थिए। सहजीकरणका क्रममा औषधि व्यवस्थापन प्रणाली, तथ्यांकमा आधारित योजना निर्माण तथा स्वास्थ्य संस्थाहरूमा औषधिको उपलब्धता सुनिश्चित गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार उक्त कार्यक्रमले जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिन, आपूर्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

139 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट