Herda Herdai logo २० असोज २०८३, मङ्गलवार

भर्खरै

स्वास्थ्य / शिक्षा

शैलुङमा विद्यार्थीलाई सामाजिक सञ्जालबारे सचेतना, निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन

शैलुङमा विद्यार्थीलाई डिजिटल सचेतना, १८४ जनाले पाए स्वास्थ्य सेवा

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ जेठ २०८३, शनिवार
शैलुङमा विद्यार्थीलाई सामाजिक सञ्जालबारे सचेतना, निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन

News Summary


  • दोलखा जनस्वास्थ्य कार्यालयले शारदा माध्यमिक विद्यालयमा ७८ जना विद्यार्थीहरूका लागि सामाजिक सञ्जालको सुरक्षित प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यो।
  • सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो, जहाँ सुगर परीक्षण, मानसिक स्वास्थ्य परामर्श तथा सामान्य स्वास्थ्य परीक्षण सहित १८४ जनाले सेवा लिएका थिए।

दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाले शैलुङ गाउँपालिका-८ स्थित शारदा माध्यमिक विद्यालयमा सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ७८ जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सही प्रयोग गर्ने तरिका, दुरुपयोगबाट बच्ने उपाय, मानसिक स्वास्थ्यमा पर्ने असर तथा डिजिटल सचेतनाबारे जानकारी दिइएको थियो।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङको अध्यक्षता रहेको थियो भने मनोचिकित्सक डा. बासुदेव कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा डा. ज्ञानेश्वर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की तथा विद्यालयका प्रधानाध्यापक गेहेन्द्र आचार्यको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण डा. बासुदेव कार्की, जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ र जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले गर्नुभएको थियो।

यसै अवसरमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। शिविरबाट १८४ जनाले सेवा लिएका थिए। शिविरमा सुगर परीक्षण, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा डा. बासुदेव कार्की, डा. ज्ञानेश्वर श्रेष्ठ, डा. अभिनाश बस्नेत लगायत स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए।

जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले सामाजिक सञ्जालको सही प्रयोगले विद्यार्थीमा सकारात्मक सोच र ज्ञान बढाउन सहयोग पुग्ने बताउनुभयो। त्यस्तै जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले डिजिटल युगमा सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

953 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट