१६ असार २०८३, मङ्गलवार

भर्खरै

दोलखामा आयुर्वेद चिकित्सालयद्वारा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

दोलखामा आयुर्वेद चिकित्सालयद्वारा पत्रकारहरूसँग अन्तरक्रिया, स्वास्थ्य प्रवर्द्धनमा सहकार्यको जोड

आयुर्वेद र वैकल्पिक चिकित्सा सेवालाई आम नागरिकसम्म पुर्‍याउन स्वास्थ्य क्षेत्र र सञ्चार जगत्‌बीच बलियो सहकार्य हुनुपर्नेमा सरोकारवालाको जोड।

हेर्दाहेर्दै डेस्क १ जेठ २०८३, शुक्रवार
दोलखामा आयुर्वेद चिकित्सालयद्वारा पत्रकारहरूसँग अन्तरक्रिया, स्वास्थ्य प्रवर्द्धनमा सहकार्यको जोड

News Summary


  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाले चालु आर्थिक वर्षका काम तथा गतिविधिबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गरेको छ ।
  • कार्यक्रममा आयुर्वेद चिकित्सा पद्धतिको महत्त्वमाथि चर्चा गर्दै स्वास्थ्य र सञ्चार क्षेत्रबीच बलियो सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।

दोलखा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाले चालु आर्थिक वर्ष २०८२/०८३ मा आफूले गरेका काम र गतिविधिबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गरेको छ । चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षता र जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

​कार्यक्रममा चिकित्सालयका निमित्त कार्यालय प्रमुख विमल कुमार श्रेष्ठले अस्पतालले हालसम्म गरेका काम, स्वास्थ्य सेवा प्रवाह र आगामी योजनाबारे विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, कविराज डा. सुभाष भुजेलले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

​अन्तरक्रियामा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस चौतारीका अध्यक्ष सिर्जन कुमार घिमिरे, प्रेस युनियनका अध्यक्ष सुजन काफ्ले र प्रेस सेन्टरका अध्यक्ष सुरज बस्नेतको उपस्थिति थियो । साथै, जिल्लाका विभिन्न रेडियोका स्टेसन म्यानेजरहरू, कान्तिपुर, गोरखापत्र, नेपाल टेलिभिजन, रासस लगायतका राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो ।

​कार्यक्रममा बोल्दै जनस्वास्थ्य प्रमुख डिलेन्द्र बुढा मगर, पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल र चिकित्सालयका अध्यक्ष राजन बस्नेतले रैथाने आयुर्वेद चिकित्सा पद्धतिको महत्त्वबारे चर्चा गरे । उनीहरूले आयुर्वेद र वैकल्पिक चिकित्सा सेवालाई आम नागरिकसम्म पुर्‍याउन र स्वास्थ्य सचेतना जगाउन स्वास्थ्य क्षेत्र र सञ्चार जगत्‌बीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए । सहभागी पत्रकारहरूले पनि चिकित्सालयका सकारात्मक कामहरूलाई जनस्तरसम्म पुर्‍याउन सञ्चार माध्यमले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

292 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट