Herda Herdai logo ७ असोज २०८३, बुधवार

भर्खरै

वैतेश्वर गाउँपालिका 'पूर्णखोप सुनिश्चितता' घोषित

वैतेश्वर गाउँपालिका 'पूर्णखोप सुनिश्चितता' घोषणा

गौरीशंकर र मेलुङपछि वैतेश्वर बन्यो दोलखाको तेस्रो पूर्णखोप सुनिश्चित पालिका

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ वैशाख २०८३, शुक्रवार
वैतेश्वर गाउँपालिका 'पूर्णखोप सुनिश्चितता' घोषणा

News Summary


* दोलखाको वैतेश्वर गाउँपालिकालाई औपचारिक कार्यक्रमका बीच 'पूर्णखोप सुनिश्चितता गाउँपालिका' घोषणा गरिएको छ।

* यो घोषणासँगै वैतेश्वर दोलखाका ९ स्थानीय तहमध्ये पूर्णखोप सुनिश्चितता घोषणा हुने तेस्रो पालिका बनेको छ।

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकालाई एक औपचारिक कार्यक्रमका बीच 'पूर्णखोप सुनिश्चितता गाउँपालिका' घोषणा गरिएको छ। शुक्रवार गाउँपालिकाको आफ्नै सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच पालिकालाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो।

​कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष छवि लामाले पालिका भित्रका सबै बालबालिकाले खोपको पहुँच पाएको सुनिश्चित भएको बताउनुभयो। यो उपलब्धिसँगै दोलखाका ९ स्थानीय तहमध्ये पूर्णखोप सुनिश्चितता घोषणा हुनेमा वैतेश्वर तेस्रो पालिका बनेको छ। यसअघि नै गौरीशंकर र मेलुङ गाउँपालिका घोषणा भइसकेका छन्।

​पालिकालाई पूर्णखोप सुनिश्चित बनाउन अहोरात्र खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कार्यक्रममा प्रशंसा गरिएको थियो। आगामी दिनमा पनि खोप अभियानलाई यसरी नै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता सो अवसरमा व्यक्त गरियो।

 

394 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट