Herda Herdai logo ७ असोज २०८३, बुधवार

भर्खरै

स्वास्थ्य खबर

दोलखामा स्वास्थ्यकर्मीलाई ६ दिने CBIMNCI तालिम

बाल तथा नवजात शिशु स्वास्थ्य सेवा सुधार गर्न क्षमता विकासमा जोड

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ वैशाख २०८३, आइतवार
दोलखामा स्वास्थ्यकर्मीलाई ६ दिने CBIMNCI तालिम

News Summary


  • दोलखा जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरूका लागि "समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI)" सम्बन्धी ६ दिने तालिम सञ्चालन गर्‍यो।
  • तालिमको मुख्य उद्देश्य नवजात शिशु र ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउनु थियो।
  • सहभागी स्वास्थ्यकर्मीहरूले सिकेका ज्ञान र सीप स्थानीय तहमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाले स्वास्थ्यकर्मीहरूका लागि “समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI)” सम्बन्धी ६ दिने तालिम सञ्चालन गरेको छ।

जिल्लाका विभिन्न पालिकाअन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सहभागी भएको तालिम वैशाख २१ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो। तालिममार्फत नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको जनाइएको छ।

तालिममा डा. विनोद दंगाल, डा. अच्युत पौडेल, डा. ज्ञानेश्वर श्रेष्ठ, सबिना खड्का, जेनी श्रेष्ठ, मनोज लोप्चन, डा. अर्जुन गैरे, प्रकाश घिमिरे तथा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले यस्ता तालिमले स्वास्थ्यकर्मीहरूको क्षमता बढाउने र समुदायस्तरमा बाल तथा नवजात शिशु स्वास्थ्य सेवा सुधार गर्न मद्दत पुग्ने बताउनुभयो।

जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले तालिमबाट सिकेका ज्ञान र सीप स्थानीय तहमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

680 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट