Herda Herdai logo ३ असोज २०८३, शनिवार

भर्खरै

दोलखामा मतदाता नामावली अद्यावधिक हुँदै, विवरण जाँच गर्न आग्रह

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ असोज २०८३, शुक्रवार
दोलखामा मतदाता नामावली अद्यावधिक हुँदै, विवरण जाँच गर्न आग्रह

News Summary


  • मतदाता विवरणमा त्रुटि र दोहोरो नाम हटाउन, दोलखा निर्वाचन कार्यालयले असोज १‑३० सम्म नामावली अद्यावधिक सुरु गर्यो।
  • मृत्यु वा नागरिकता त्यागेका व्यक्तिको नाम हटाउन, सम्बन्धित निकायबाट प्रमाण लिई अन्तिम सूची असोज ३० मा प्रकाशित हुनेछ।
  • दोहोरो नाम भएका मतदाताको विवरण असोज २०‑२६ मा वडा कार्यालयमा प्रकाशित गरि, मतदातालाई जाँच र सुधारको अवसर दिइन्छ।
दोलखा। जिल्ला निर्वाचन कार्यालय, दोलखाले मतदाता नामावली अद्यावधिक गर्न थालेको छ। कार्यालयले असोज १ गतेदेखि ३० गतेसम्म नामावली अद्यावधिक गर्ने जनाएको हो।
चरिकोटमा आयोजित पत्रकार भेटघाटमा जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले मतदातालाई आफ्नो नाम, थर, उमेर र ठेगानालगायत विवरण जाँच गर्न आग्रह गरे।
नाम, थर, उमेर र ठेगानालगायत विवरण गलत भए सच्याउन निवेदन दिन सकिने उनले बताए।
एकभन्दा बढी ठाउँमा नाम भएका मतदाताको नाम एक ठाउँमा मात्र राखिनेछ। त्यस्तै, मृत्यु भएका वा नेपाली नागरिकता त्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
बसाइँ सरेका तथा मृत्यु भएका मतदाताको विवरण सम्बन्धित निकायबाट लिएर आवश्यक प्रमाणका आधारमा अद्यावधिक गरिनेछ।
कार्यालयका अनुसार असोज २० देखि २६ गतेसम्म दोहोरो नाम भएका मतदाताको विवरण निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिनेछ।
 
अद्यावधिक प्रक्रिया पूरा भएपछि असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यालयले अन्तिम सूची प्रकाशन हुनुअघि नै आफ्नो नाम र विवरण जाँच गरी गल्ती भए सच्याउन सबै मतदातालाई आग्रह गरेको छ।
277 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट