Herda Herdai logo ५ असोज २०८३, सोमवार

भर्खरै

रास्वपा दोलखामा संगठन पुनर्संरचना

रास्वपा दोलखाले तोक्यो नौ पालिका संयोजक

दोलखाका नौवटै स्थानीय तहमा रास्वपाले तोक्यो संयोजक

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ असोज २०८३, सोमवार
रास्वपा दोलखाले तोक्यो नौ पालिका संयोजक

News Summary


  • जिल्ला समन्वय समितिको बैठकले रास्वपा दोलखा जिल्लाका नौवटै स्थानीय तहका लागि संयोजक तोक्यो, जसले पार्टीको स्थानीय संगठन सुदृढीकरण लक्ष्य पूरा गर्नेछ।
  • भीमेश्वर, मेलुङ, बैतेश्वर, तामाकोशी, जिरी, बिगु, कालिञ्चोक, शैलुङ, गौरीशंकरमा नियुक्त संयोजकहरूलाई स्थानीय तहमा समन्वय र प्रचार कार्यको जिम्मेवारी दिइयो।
  • नयाँ विभागीय संरचना र सल्लाहकार परिषदको गठनले रास्वपा को रणनीतिक योजना अनुसार प्रदेशीय स्तरमा प्रभावकारी अभियान सञ्चालन सम्भव बनाउनेछ।

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले जिल्लाका नौवटै स्थानीय तहका लागि संयोजक तोकेको छ।

जिल्ला समन्वय समितिको बैठकले भीमेश्वर नगरपालिकाको संयोजकमा दिनेश बस्नेत, मेलुङमा कृष्णबहादुर खड्का, बैतेश्वरमा रमेशकुमार श्रेष्ठ र तामाकोशीमा अर्जुन कार्कीलाई जिम्मेवारी दिएको छ।

त्यस्तै, जिरीमा प्रभा खाती गिमिरे, बिगुमा ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशंकरमा सुनिता पाण्डेलाई संयोजक तोकिएको छ।

बैठकले जिल्ला सचिवालय, संगठन विभाग, अभियान तथा प्रचार विभाग र जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ।

संगठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन्। अभियान तथा प्रचार विभागको इञ्चार्जमा ओमकृष्ण आचार्यलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, जिल्ला सल्लाहकार परिषद्को अध्यक्षमा बाबुलाल लामा चयन भएका छन्।

पालिका संयोजक तथा विभागीय जिम्मेवारी पाएका पदाधिकारीलाई स्थानीय तहमा संगठन विस्तार, समन्वय तथा पार्टी गतिविधि सञ्चालनको जिम्मेवारी दिइएको जिल्ला सचिव रमेशकुमार श्रेष्ठले बताए।

124 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट