Herda Herdai logo १४ असोज २०८३, बुधवार

भर्खरै

काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कर्पियो दुर्घटना

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १४ असोज २०८३, बुधवार
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कर्पियो दुर्घटना

काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बी.पी. राजमार्गमा काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप आज बिहान करिब ८:३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनाको खबर लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपश्चात् सबै घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय रातामाटास्थित प्रधान मेडिकल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

117 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट