Herda Herdai logo ६ असोज २०८३, मङ्गलवार

भर्खरै

बिगुमा तेस्रो वडा अध्यक्ष कप भलिबल हुँदै

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ६ असोज २०८३, मङ्गलवार
बिगुमा तेस्रो वडा अध्यक्ष कप भलिबल हुँदै

दोलखा। बिगु गाउँपालिका–२ ओराङको आयोजनामा तेस्रो वडा अध्यक्ष कप अन्तरपालिका वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

बडा दशैंको अवसरमा असोज २८ देखि ३० गतेसम्म बिगु गाउँपालिका–४ लादुकस्थित शान्ति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष तथा आयोजक दिपक ठकुरीले जानकारी दिए। प्रतियोगितामा गौरीशंकर, बिगु र कालिञ्चोक गाउँपालिकाअन्तर्गतका वडास्तरीय टिमले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगिताको प्रथम हुने टिमले ७० हजार रुपैयाँ, द्वितीयले ५० हजार, तृतीयले ३० हजार र चौथो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन ४ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

खेल FIVB को नियमअनुसार लिगकम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ। सहभागी टिमले सम्बन्धित वडाको सिफारिस वा प्रमाणित पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

प्रतियोगिताले खेलकुदमार्फत आपसी भाइचारा, सद्भाव, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा गरिएको वडा अध्यक्ष ठकुरीले बताए।

355 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट