३० फागुन २०८२, आइतवार

भर्खरै

स्वास्थ्य / दोलखा

दोलखामा स्तनपान प्रवर्द्धन तथा आमाको दूध प्रतिस्थापन वस्तु नियन्त्रणसम्बन्धी अभिमुखीकरण

स्तनपान प्रवर्द्धन तथा प्रतिस्थापन वस्तु नियन्त्रणबारे अभिमुखीकरण

हेर्दाहेर्दै डेस्क ३० फागुन २०८२, शनिवार
दोलखामा स्तनपान प्रवर्द्धन तथा आमाको दूध प्रतिस्थापन वस्तु नियन्त्रणसम्बन्धी अभिमुखीकरण

News Summary


  • दोलखामा स्तनपान प्रवर्द्धन तथा आमाको दूध प्रतिस्थापन वस्तु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा स्तनपानको महत्व र सम्बन्धित ऐन (२०४९) तथा नियमावली (२०५१) का प्रावधानबारे जानकारी गराइयो।
  • कानुनको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको समन्वयात्मक भूमिकामा जोड दिइयो।

दोलखा। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा जिरी नगरपालिका, तामाकोशी गाउँपालिका र बैतेश्वर गाउँपालिकाको समन्वयमा स्तनपान प्रवर्द्धन तथा आमाको दूध प्रतिस्थापन वस्तु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रणसम्बन्धी ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रावधानबारे सरोकारवालाहरूलाई जानकारी गराइएको थियो। साथै सहभागीहरूको ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक वातावरण सिर्जना गर्ने उद्देश्य रहेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे तथा हेल्थ असिस्टेन्ट राम कौशल यादवले सहजीकरण गरेका थिए।

बैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, अस्पतालका प्रतिनिधि, औषधि व्यवसायी, निजी स्वास्थ्य संस्था तथा डिपार्टमेन्ट स्टोरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्तनपानको संरक्षण, प्रवर्द्धन र समर्थनका लागि सम्बन्धित ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। साथै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित बिक्री–वितरण रोक्न सबै सरोकारवालाको समन्वयात्मक भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

161 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट