Herda Herdai logo २९ असोज २०८३, बिहिवार

भर्खरै

प्रहरी विजयी

सिंगटीमा प्रहरीको टोली विजयी, व्यवसायीसँग भयो मैत्रीपूर्ण फुटबल

सामुदायिक प्रहरी साझेदारीअन्तर्गत मैत्रीपूर्ण फुटबलमा व्यवसायीको टोलीलाई हराउँदै प्रहरी विजयी।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २९ असोज २०८३, बिहिवार
सिंगटीमा प्रहरीको टोली विजयी, व्यवसायीसँग भयो मैत्रीपूर्ण फुटबल

News Summary


दोलखाको सिंगटीमा प्रहरी र व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।

खेलमा इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले उद्योग वाणिज्य संघ सिंगटी शाखाको टोलीलाई पराजित गरेको छ।

प्रहरी निरीक्षक विष्णुहरि फुँयालको कप्तानीमा प्रहरी टोलीले खेलमा सहभागिता जनाएको थियो।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित खेलले प्रहरी र व्यवसायीबीच सद्भाव, विश्वास र सहकार्य बढाउने उद्देश्य राखेको थियो।

सिंगटी, दोलखा । दोलखाको सिंगटीमा इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले उद्योग वाणिज्य संघ सिंगटी शाखाको टोलीलाई पराजित गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार प्रहरी र स्थानीय व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो।

प्रहरी निरीक्षक विष्णुहरि फुँयालको कप्तानीमा मैदानमा उत्रिएको इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले खेलमा जित हासिल गरेको हो।

प्रहरी र व्यवसायीबीच आपसी सद्भाव, भाइचारा, सहकार्य तथा सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले खेल आयोजना गरिएको थियो।

मैत्रीपूर्ण खेलले प्रहरी र व्यवसायीबीच आपसी विश्वास, एकता र सहकार्य अभिवृद्धि गर्नुका साथै खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

173 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट