Herda Herdai logo २९ कार्तिक २०८३, आइतवार

भर्खरै

यारुमा भीषण सुक्खा पहिरो

उत्तरी गोरखाको यारुमा भीषण सुक्खा पहिरो, क्यान्टिलिभर पुल क्षेत्र प्रभावित

धार्चे–१ स्थित क्यान्टिलिभर पुल रहेको बगरमा पहिरो खसेपछि आसपासको आवागमन प्रभावित।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २८ कार्तिक २०८३, शनिवार
उत्तरी गोरखाको यारुमा भीषण सुक्खा पहिरो, क्यान्टिलिभर पुल क्षेत्र प्रभावित

News Summary


उत्तरी गोरखाको धार्चे-१ यारुमा भीषण सुक्खा पहिरो खसेको छ।

क्यान्टिलिभर पुल रहेको बगरमा पहिरो गएको हो।

बाटो बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुन नपाएको जानकारी छ।

पहिरोका कारण आसपासको आवागमन प्रभावित बनेको छ।

गोरखा, २८ कात्तिक । उत्तरी गोरखाको धार्चे गाउँपालिका-१ यारुस्थित क्यान्टिलिभर पुल रहेको बगरमा भीषण सुक्खा पहिरो खसेको छ।

यसअघि असोज २५ गते आएको बाढीका कारण उक्त क्षेत्रको बाटो बन्द रहेकाले पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पहिरो खसेपछि आसपासको क्षेत्रमा आवागमन प्रभावित बनेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

146 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट