प्रचण्ड औपचारिक भ्रमणका लागि रूस प्रस्थान, १८ नोभेम्बरमा स्वदेश फर्कने
‘For the Freedom of Nations’ विश्व सम्मेलनमा सहभागी हुने, १८ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम।
284
SharesNews Summary
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान रूसको मस्कोतर्फ प्रस्थान गर्नुभएको छ।
उहाँले नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘For the Freedom of Nations’ विश्व सम्मेलनमा सहभागिता जनाउनुहुनेछ।
रूसको सत्तारूढ राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा सहभागी हुन उहाँ औपचारिक भ्रमणमा जानुभएको हो।
सम्मेलनमा सहभागिता र आवश्यक भेटघाट सकेर प्रचण्ड नोभेम्बर १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि रूस प्रस्थान गर्नुभएको छ।
उहाँ शुक्रबार बिहान ९ः२० बजे रूसको राजधानी मस्कोतर्फ प्रस्थान गर्नुभएको हो। नोभेम्बर १३ देखि १८ सम्म हुने भ्रमणका क्रममा प्रचण्डले नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘For the Freedom of Nations’ विश्व सम्मेलनमा सहभागिता जनाउनुहुनेछ।
रूसको सत्तारूढ राजनीतिक दलको आयोजनामा हुने उक्त सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ।
प्रचण्डसँगै उहाँका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि भ्रमण टोलीमा रहनुभएको छ। सम्मेलनमा सहभागिता जनाउनुका साथै आवश्यक भेटघाट सम्पन्न गरी उहाँहरू नोभेम्बर १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
284 Shares