दोलखामा कर कार्यालय स्थानान्तरण विरोध, व्यवसायीहरू आन्दोलित हुने चेतावनी
व्यवसायीहरूले प्रशासनको निर्णयलाई गैरआवश्यक र जनविरोधी भन्दै तत्काल फिर्ता गर्न माग
हेर्दाहेर्दै डेस्क
११ पुष २०८२, शुक्रवार
134
SharesNews Summary
- दोलखाका व्यवसायी तथा उद्योगीहरूले करदाता सेवा कार्यालय जिल्ला बाहिर सार्ने तयारीको विरोध गरेका छन्।
- उनीहरूका अनुसार यस निर्णयले स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक असर पार्नेछ, साथै कर संकलनमा पनि समस्या आउनेछ।
- व्यवसायीहरूले कार्यालय दोलखामै कायम राख्न माग गर्दै, निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
दोलखा । जिल्लाका व्यवसायी र उद्योगीहरूले करदाता सेवा कार्यालय दोलखा बाहिर सार्ने तयारीको विरोध गरेका छन्। उनीहरूले यस्तो निर्णयले स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।
व्यवसायीहरूले भने, “कर कार्यालय बाहिरियो भने सेवा ठप्प हुनेछ, कर संकलनमा समस्या आउँछ र व्यवसाय गर्न कठिनाइ हुनेछ।” उनीहरूले दोलखामा वार्षिक ५० करोडभन्दा बढी कर संकलन हुने बताउँदै, कार्यालय सार्नु गैरआवश्यक र जनविरोधी निर्णय भएको आरोप लगाएका छन्।
संबद्ध संघ–संस्थाहरूले कार्यालय दोलखामै रहनुपर्नेमा जोड दिएका छन्। प्रशासनले निर्णय फिर्ता नगरे व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

हेर्दाहेर्दै डेस्क