WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा नेपालको दबदबा, ८ स्वर्णसहित १५ पदक
भारतको राँचीमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको वर्चस्व
हेर्दाहेर्दै डेस्क
२२ पुष २०८२, मङ्गलवार
186
SharesNews Summary
- भारतको राँचीमा सम्पन्न WKKO International Fullcontact Karate Championship–2026 मा नेपाली खेलाडीहरूले ८ स्वर्ण, ३ रजत र ४ कांस्य गरी कुल १५ पदक जिते।
- यो शानदार प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन करातेको क्षमता र पहिचानलाई थप मजबुत बनाएको छ।
काठमाडौं । भारतको झारखण्ड राज्यस्थित राँचीमा सम्पन्न WKKO International Fullcontact Karate Championship–2026 मा नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गरेका छन्। जनवरी ३ र ४ मा भएको प्रतियोगितामा नेपाल Kyokushin–Seishin Karate (WKKO–Nepal) टोलीले ८ स्वर्ण, ३ रजत र ४ कांस्य गरी कुल १५ पदक जित्न सफल भएको हो।
विभिन्न तौल तथा उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। स्वर्ण पदक विजेतामा स्यानी सिंह (ओपन वेट), प्रबिन माझी (६० केजी), भुपेन्द्र बहादुर ओली (५५ केजी), निग्मल तामाङ (१३–१४ वर्ष), मञ्जु बीके (लेडीज ओपन), बिन्दु चौधरी (५५ केजी), मनिता राई (५० केजी) र अञ्जिला श्रेष्ठ (१८ वर्षमुनि) रहेका छन्।
त्यसैगरी बिकाश गुरुङ (ओपन वेट), बिष्णु थापा मगर (६० केजी) र निशा केसी (लेडीज ५० केजी) ले रजत पदक जिते। कांस्य पदक रबिन्द्र लोहार (ओपन वेट), अभय राउत (५० केजी), अनिशा गोले (१३–१४ वर्ष) र प्रकृति लिगल (११–१२ वर्ष) ले प्राप्त गरे।
प्रतियोगितामा World Kyokushin Kai Karate Federation का उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघका अध्यक्ष एवं नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ सदस्यीय नेपाली टोली सहभागी भएको थियो।
टोलीको विदाई कार्यक्रम राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी सदस्य भानुबहादुर चन्द, बोर्ड सदस्यहरू तथा नेपाल कन्ट्याक्ट कराँते महासंघका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतियोगितामा नेपालका तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्री र अफिसियलको भूमिकामा नेपाली निर्णायकहरूको सहभागिता रहेको थियो।
नेपाली खेलाडीहरूको यस सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्योकुशिन सेईसिन कराँतेको क्षमता र पहिचानलाई थप मजबुत बनाएको आयोजकले बताएका छन्।
186 Shares
हेर्दाहेर्दै डेस्क