Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

शारदा मावि प्रथम

बिगुमा शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता, शारदा मावि प्रथम

बिगु–१ जगतमा आयोजित प्रतियोगितामा गाउँपालिकाको कर्मचारी समूह दोस्रो

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २३ असोज २०८३, शुक्रवार
बिगुमा शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता, शारदा मावि प्रथम

News Summary


बिगु गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सम्पन्नभएको छ ।

प्रतियोगितामा बिगु-३ स्थित शारदा माध्यमिक विद्यालयको टोली प्रथम भयो ।

गाउँपालिकाको कर्मचारी समूह दोस्रो, बिगु–४ तेस्रो र बिगु–१ सान्त्वना भए ।

 

दोलखा । विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा बिगु गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सञ्चालित वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

बिगु गाउँपालिका–१, जगतस्थित गौरीशंकर माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा बिगु गाउँपालिका–३ स्थित शारदा माध्यमिक विद्यालयको टोली प्रथम भएको छ।

प्रतियोगितामा बिगु गाउँपालिकाको कर्मचारी समूह द्वितीय, बिगु गाउँपालिका–४ को टोली तृतीय र बिगु गाउँपालिका–१ को टोलीले सान्त्वना स्थान हासिल गरेको छ।

शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्नुका साथै चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

खेलकुदका माध्यमबाट शिक्षक तथा कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ बनाउने र एकअर्काबीच सहकार्यको भावना बढाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

76 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट