Herda Herdai logo ३० असोज २०८३, शुक्रवार

भर्खरै

दोलखा खेलकुद

पालिका स्तरीय शिक्षक-कर्मचारी फुटसलको उपाधि राइजिङ स्टार स्कुललाई

पेनाल्टी सुटआउटमा भीमेश्वर एकीकृत कर्मचारीलाई हराउँदै राइजिङ स्टार स्कुल च्याम्पियन।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ साउन २०८३, शुक्रवार
पालिका स्तरीय शिक्षक-कर्मचारी फुटसलको उपाधि राइजिङ स्टार स्कुललाई

News Summary


  • दोलखाको भीमेश्वरमा आयोजित फुटसल प्रतियोगितामा राइजिङ स्टार स्कुल विजयी भयो ।
  • प्रतियोगितामा विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे।

दोलखा । दोलखाको भीमेश्वरमा भएको प्रथम पालिका स्तरीय शिक्षक-कर्मचारी फुटसल प्रतियोगिता-२०८३ को उपाधि आयोजक द राइजिङ स्टार स्कुल, चरिकोटले जितेको छ।

असार ३१ र ३२ गते लिग-कम-नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी थिए। बिहीबार भएको फाइनल खेलमा राइजिङ स्टार स्कुल र भीमेश्वर एकीकृत कर्मचारी समूहबीच निर्धारित समयसम्म १-१ गोलको बराबरी भएको थियो।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा राइजिङ स्टार स्कुल २-० ले विजयी बन्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो।

विजेता राइजिङ स्टार स्कुलले ट्रफी, मेडलसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता भीमेश्वर एकीकृत कर्मचारी समूहले ट्रफी, मेडलसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताको पुरस्कार वितरण राइजिङ हिम्स एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अधिकारीले गरेका थिए।

शिक्षक र कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य र खेलभावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

650 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट